२२ जेठ, काठमाडौँ । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटनामा २२ जनाको ज्यान गएको छ । यात्रु बस र ट्रक ठोक्किँदा २२ जनाको ज्यान गएको त्याहाको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको बरेलीमा सोमबार बिहान दुर्घटना भएको हो । दुर्घटनास्थल उत्तर प्रदेशको राजधानी लखनउबाट दुई सय ५१ किलोमिटर टाढा रहेको छ । बस र ट्रक ठोक्किँदा भीषण आगलागी भएको र मानिस जलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । शरीरको धेरैजसो भाग जलेकाले ज्यान गुमाउनेको पहिचान गर्न मुस्किल देखिएको छ । बसमा ४१ यात्रु रहेको र घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४