२२ जेठ, काठमाडौँ । विश्व वातावरण दिवस आज नेपालमा पनि ‘प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त’ भन्ने नाराका साथ मनाईंदैछ । प्रकृतिको सन्तुलनले मात्र मानव अस्तित्वको संरक्षण हुन सक्ने भन्दै यस वर्ष नारा तय गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाइने गरिन्छ । दिवसको अवसरमा शुमकामना दिँदै कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन आह्वान गरेका छन ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४