२० जेठ, काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु र युवा संघले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको पुत्ला दहन गरेको छ । काठमार्डौँको भृकुटीमण्डमा बिरोध प्रदर्शन गर्दै दुबै संगठनले निर्वाचन आयोगले न्यायको हत्या गरेको आरोप लगाएका छन । उनीहरुले नेकपा माओवाद केन्द्रका कार्यकर्ताले मतपत्र च्यातिएपछि विवादीत बनेको चितवनको भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने आयोगको निर्णयको घोर निन्दा र भत्सर्ना गरेका छन । युवा संघका प्रवक्ता प्रभात कटुवालले आयोगले निर्णय तुरुन्तै नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । उनले आयोगको यो निर्णयले अबहुने दोस्रो चरणको निर्वाचनलाई समेत गलत रुपमा प्रभावित पार्ने बताए । त्यस्तै अनेरास्ववियुका सचिव एवम प्रवक्ता सुदीप शर्माले भोलिका दिनमा हार्ने पक्षले सबैले मतपत्र च्यात्ने संस्कृतिको विकास हुने भन्दै आयोगको निर्णयप्रति चिन्ता प्रकट गरेका छन । उनले स्थगित भएको भरतपुर महानगरको वडा नम्बर १९ मतगण्ना तुरुन्तै सुरु नगरे निरंकुशताका विरुद्ध आन्दोलन छेड्ने चेतावनी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४