२० जेठ, बाँके । हुम्लाका स्थानीयको बिरोधका कारण आज हुम्लाको उडान ठप्प भएको छ । नेपाली यात्रु नबोकेको भन्दै हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारेका हुन । बिहान ६ बजेदेखि उडान हुने हुम्लामा अहिलेसम्म उडान भएको छैन । हुम्लाको अवरोध नहट्दासम्म उडान हुन नसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप तिवारीले बताए । हुम्ला र नेपालगन्ज विमानस्थल पुगेका कैलाश मानसरोवर जाने यात्रु अलमलमा परेका छन् । हुम्लामा उडान भर्ने गोमा, सीता, सिम्रिक तारा एयरका ८ जहाज नेपालगन्ज विमानस्थलमा रोकिएको तिवारीले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४