१९ जेठ, काठमाडौँ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन । उनलाई अख्तियार दुरूयोग अनुन्धान आयोगको हिरासतमा राखिएको छ । आयोगमा राजस्व हिनामिना लगायत उनका विरुद्धमा दर्जनौँ उजुरीहरु परेको छन । शुक्रबार कर फर्छ्योट सम्बन्धी विषयमा आयोगमा बयान दिन गएका शर्मालाई त्यहीँबाट पक्राउ गरिएको अायोगले जनाएको छ । अर्बौंको अनियमिततताको आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो । २०७१ सालमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगमा शर्मा सदस्य सचिव रहेका थिए। आर्थिक वर्ष २०६९/७० सम्मको कर बक्यौता फर्छ्योट गर्न चार्टर्ड एकाउन्टेन लुम्बध्वज महतको संयोजकत्वमा आयोग गठन गरिएको थियो । तर आयोगले कर फर्छ्योटको नाममा २१ अर्ब रुपैयाँ अनियमितता गरेको विषय यसअघि नै सार्वजनिक भएको थियो। एनसेलको करछली प्रकरणमा एनसेललाई उन्मुक्ति दिलाउन शर्माले महत्वपूर्ण भूमिका खेलेका छन । उनी नेपाली कांग्रेसका नेता डा रामशरण महत निकट मानिन्छन । शर्मा यस्ता भाग्यमानि कर्मचारी हुन उनी ललितपुरको सिडिओबाट सिधै काठमाडौँको सिडिओमा सरुवा भएका थिए । समान्यतथा कर्मचारीको सरुवामा सुगम–दुर्गम र दुर्गम–सुगम हेरिने भए पनि उनको हकमा त्यो लागू भएन । तत्काली चुनावी मन्त्रिरिषद्का गृहमन्त्री स्वर्गीय माधव घिमिरेले शर्मालाई काठमाडौँको सिडिओबाट हटाएर गृहमन्त्रालयको जगेडामा लगेका थिए तर पछि उनी सम्पत्ति शुद्धिकरण विभाग हुँदै आन्तरिक राजस्व विभाग पुगे ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०७४