१८ वैशाख, काठमाडौँ । सरकारले कार्यविधि र मापदण्ड नबन्दासम्म आर्थिक विषयमा निर्णय नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । मुख्यसचिवको अध्यक्षतामा बिहीबार बसेको सरोकारवाला मन्त्रालयका सचिवहरुको बैठकले विनियोजन विधेयक वमोजिम कार्यविधि र मापदण्ड नबन्दासम्म कुनै पनि आर्थिक विषयमा निर्णय नगर्न निर्देशन दिएका हो । बैठकमा मुख्यसचिव सोमलाल सुवेदी सहित अर्थ, स्थानीय विकास र राष्ट्रिय योजना आयोगका सचिव सहभागी थिए । स्थानीय तहका निर्वाचित पदाधिकारीहरुले आर्थिक विषयमा धमाधम निर्णय गर्न थालेपछि मुख्य सचिव सुवेदीले स्थानीय विकास मन्त्रालयमार्फत निर्देशन दिएका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४