१८ जेठ, काठमाडौँ । युरोपियन युनियन र चीनका नेता पेरिस जलवायु सम्झौता कार्यान्वयनमा एकमत देखिएका छन । इयु र चीनका नेताले पेरिस जलवायु सम्झौता अहिले सबैभन्दा महत्वपूर्ण रहेको भन्दै संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन । बिबिसीले इयु र चीनका नेता सम्झौता कार्यान्वयका लागि राजनीतिक प्रतिबद्धता जनाउन तयार रहेको उल्लेख गरेको छ । विश्वका विकसित देशको समूह जी–सेभेनको सम्मेलनमा अमेरिकाको असहमतिका कारण सम्झौता कार्यान्वयन सम्बन्धी संयुक्त प्रतिबद्धता जारी हुन सकेको थिएन ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४