१७ जेठ, काठमाडौँ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट प्रभावित हुने भएपछि कक्षा ११ को परीक्षा सरेको छ । रााष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा ११ को परीक्षा असार १ गतेदेखि सुरु हुने निर्णय गरेको हो । यसअघि असार ८ गतेदेखि सुरु हुने भनिएको परीक्षा, सरकारले असार १४ गते दोश्रो चरणका निर्वाचन गर्ने घोषणा गरेपछि, अगाडि सारिएको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । उनले परीक्षा १० गतेसम्म सञ्चालन हुने बताए । परीक्षाका लागि प्रश्नपत्र छाप्ने र परीक्षा केन्द्र तोक्ने लगायतका सबै प्राविधिक तयारी सकिएको छ । निर्वाचनकै कारण यसपटक कक्षा ११ को परीक्षा सरेको यो तेस्रोपटक हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०७४