१७ जेठ, काठमाडौँ । भरतपुरमा स्थगित भएको मतगणना सुरु गर्नुपर्ने माग गर्दै एमालेले संसद बैठकमा अबरोध गरेको छ । एमालेको अवरोधपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । अबरोध गर्नुअघि एमाले नेता सुरेन्द्र पाण्डेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने बताउँदै तत्काल मतगणना सुरु गर्न माग गरे ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०७४