१६ जेठ, बाजुरा । नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ । घाइते सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आलेलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज बाजुरको कोल्टी विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको हो ।

मध्यान्ह सवा १२ बजेको समयमा जाहाज अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो । सुर्खेतबाट सिमिकोटको लागि उडेको हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर खेतमा बजारिएको बजुरा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०७४