१६ जेठ, काठमाडौं । पर्यटन व्यवसायी तथा र्याडिसन होटलका मालिक बीके श्रेष्ठको मंगलबार बिहान निधन भएको छ । होटल व्यवसायी संघ (हान) का पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठको मंगलबार बिहान निधन भएको हानका महासचिव बिनायक शाहले जानकारी दिए । लामो समयदेखि क्यान्सरका कारण उनको निधन भएको प्ररिवारजनले जानकारी दिएका छन । झण्डै ४० वर्षदेखि श्रेष्ठ होटल व्यवसाय क्षेत्रमा संलग्न थिए । नेपालको पर्यटन व्यवसायीमा अग्रणी ब्यक्तिका रुपमा चिनिने श्रेष्ठ सन् २०१४ देखि २०१६ सम्म हानका अध्यक्ष थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०७४