१५ जेठ, काठमाडौं । सरकारले स्थानीय तहलाई १० करोड देखि झण्डै डेढ अर्बसम्म अनुदान बजेट विनियोजन गरेको छ । सोमबार बजेट भाषण गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले आगामी आर्थिक बर्षका लागि एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको बताएका छन । उनले नगरपालिकाले न्यूनतम १५ करोडदेखि ४३ करोडसम्म अनुदान पाउने बताए । त्यसैगरी एउटा उपमहानगरपालिकाले न्युनतम ४० करोडदेखि अधिकतम ६३ करोडसम्म केन्द्र सरकारबाट अनुदान पाउने छ । एउटा महानगरपालिकाले कम्तिमा ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोडसम्म अनुदान पाउने अर्थमन्त्री महराले घोषणा गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०७४