१४ जेठ, काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमाजुयल म्याक्रोँले ट्रम्पसँग मिलाइएका हातहरु सत्यको एक क्षण भएको बताएका छन । उनले भनेका छन, ‘उक्त क्षण आफू कमजोर नभएको देखाउन चालिएको चलाखीपूर्ण कदम हो ।’ म्याक्रोँले आइतबार प्रकाशित एक फ्रेन्च पत्रिकामा भनेका छन, ‘मेरो अमेरिकी राष्ट्रपतिसँगको अभिवादन निर्दोष साङ्केतिक अभिव्यक्ति थिएन ।’ फ्रेन्च राष्ट्रपति म्याक्रोँले भने, साङ्केतिक रुपमै भए पनि जो कसैले पनि यो कुरा प्रदर्शन गर्नु जरुरी छ कि उ सानो कुरा पनि छुट गर्न चाहन्न तर यसलाई बढी चर्चा गरिरहनु पनि आवश्यक छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रेन्च राष्ट्रपति म्याक्रोँबीच उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोंको सम्मेलनपूर्व भएको भेटमा दुई नेताले लामो समयसम्म हात मिलाएका थिए । यसमा फ्रेन्च राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पले हात छोडेपनि पनि केही सेकेन्ड बढी समेताका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०७४