१३ जेठ, काठमाडौँ । कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिने निर्णय नभएको बताएका छन । शनिबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री दाहालले टिकापुर घटनाका दोषीको मुद्दा फिर्ता नलिएको स्पष्ट पारेका हुन । बैठकपछि नेकपा एमालेको नेता माधवकुमार नेपालले बैठकमा प्रधानमन्त्रीले दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुद्दा फिर्ता नभएको जानकारी दिएको बताए । यसमा प्रचण्डको भनाइ वा गराइमा भने कमजोरी पक्कै रहेको छ । केही दिन अघि सरकारले टिकापुर घटनालाइ राजनीतिक अवरण दिइ मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको आजको दिनसम्म पनि सर्वत्र आलोचना भइरहेको छ । तर, आजको प्रमुख दलको बैठकमा प्रधानमन्त्रीले मुद्दा नै फिर्ता नलिएको र दोषीलाइ कारबाही गर्ने प्रतिवद्धा जनाएपछि दहालले एमाले वा टिकापुर घटनाक दोषी एक पक्षलाइ भने झुक्याएको स्पष्ट भएको छ । प्रधनमन्त्रीले आजको बैठकमा चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०७४