११ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सहमतिको आधारमा सरकार गठन गर्न सात दिनको समय प्रदान गरेकी छिन । राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेकी हुन । यद्यपी राजनीतिक सहमतिको सरकार गठन हुने सम्भावना भने रहेको छैन । सात दिन भित्र दलहरुले सहमतिको सरकार गठन गर्न नसके राष्ट्रपतिले पुन बहुमतको सरकार गठनको लागि अह्वान गर्नेछिन ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०७४