११ जेठ, काठमाडौँ । लिबियाली तट क्षेत्रमा डुंगा दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । इटालियन तटरक्षक टोलीले दिएको जानकारी अनुसार आप्रवासी सवार सो डुंगामा करिब ५ सय जना सवार थिए । अचानक सन्तुलन बिग्रिएपछि करिब दुई सय जना समुद्रमा खसेको बताइएको छ । तीमध्ये अधिकांशलाई उद्धार गरिए पनि केहीलाई भने बचाउन नसकिएको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०७४