१० जेठ, नुवाकोट । बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको सडक स्तरोन्नती गर्ने काम नै आफ्नो कार्यकालको पहिलो काम हुने बताएका छन । बुधबार आजकोन्युजसँग कुरागर्दै प्रमुख खनालले भौगोलिक विकटता रहेको नगरपालिकाको केन्द्र बाघखोर पुग्ने ग्रामीण सडक स्तरोन्नती गर्ने र नगरपालिकाको कार्यालय व्यवस्थापनको लागि आवश्यक पूर्वाधार निर्माणको काम पहिलो प्राथमिकतामा परेको बताए । खनालले ग्रामीण भेगलाई समेटेर नयाँ घोषणा गरिएको नगरपालिकामा थुप्रै सम्भावनाहरुवीच चुनौतीहरु पनि रहेकोले त्यसाको सामाना गर्दै काम गर्ने बताए । बेलकोटगढी नगरपालिकाका कतिपय क्षेत्रहरु भौगोलिक रुपमा पनि विटक रहेको स्मरण गर्दै उनले सर्वसाधारणलाई नगरपालिकाको केन्द्र बाघखोरसम्म आउने सडक व्यवस्थित बनाउने र नगरपालिका कार्यालय स्थापनाको लागि भौतिक पूर्वाधार निर्माणको काम पहिलो प्राथमिकतामा परेको बताए । उनले पर्यटकीय नगरको रुपमा बेलकोटगढीलाई विकास गरिने बताए । बेलकोटगढी नगरपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन विकासको लागि योजना नै बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण र होमस्टे, कृषि, जडिबुटी खेती र औद्योगिकरणलगायतका क्षेत्रहरु नगरको प्राथमिकतामा पर्ने उनले बताए । प्रमुख खनालले साविकको बेलकोट, जिलिङ, मदानपुर, रातमाटे, दुईपीपल र कुमरी गाविस समायोजन गरी नयाँ घोषणा गरिएको नगरपालिकाको हरेक वडाको विकासको लागि आफूले सबैको साथ र समर्थन लिएर अघि बताए । उनले भुकम्पबाट प्रभावित बेलकोटगढी नगरपालिकाका नागरिकहरुलाई नगरपालिका भएवापत नगरवासीले तिर्नुपर्ने करमा छुट दिने बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०७४