९ जेठ, काठमाडौँ । भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोगमा महाभियोग समाना गरिरहेकी दक्षिण कोरियाली अपदस्थ राष्ट्रपति पार्क गेउन हेलाई अन्तिम सुनुवाईका लागि अदालतमा पेश गरिएको छ । अभियोग प्रमाणित भए उनलाई जन्मकैदसम्मको सजाय हुने छ । यसअघि पार्कविरुद्धको मुद्दाका विषयमा दक्षिण कोरियाको न्यायिक क्षेत्रमा नौ घन्टासम्म सुनुवाई भएको थियो । सुनुवाइपछि अदालतले पार्क दोषी भएको फैसला सुनाउँदै उनलाई पक्राउ गर्न आदेश दिएको थियो । पक्राउपछि पार्कलाई कडा सुरक्षाका साथ कारागारमा राखिएको छ । उनीमाथि राज्यको सम्पत्ति दुरुपयोग गरी आफ्ना नजिकका साथीलाई रकम दिएको अभियोग लागेको थियो । पार्कले भने अभियोग अस्वीकार गर्दै आएकी छिन ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०७४