९ जेठ, काठमाडौँ । फ्रान्सको भ्रमणमा रहनुभएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जेठ १५ गते सोमबार उनका फ्रान्सेली समकक्षी नवनिर्वाचित इमानुएल म्याक्रोँसँग भेट्ने भएका छन । फ्रान्सको १७ औँ शताब्दीमा बनेको एलिसी प्यालेसमा रसियाली राष्ट्रपति पुटिनको म्याक्रोँले स्वागत गर्ने कार्यक्रम तय भएको छ । लुई १४ औँले निर्माण गरेको पेरिसको दक्षिणपश्चिममा रहेको उक्त दरबारमा रसियाका पिटर द ग्रेट प्रति समर्पित प्रदर्शनीमा दुवै राष्ट्रपतिको भेट हुनेछ । मर्सालिमा निर्माण भएको उक्त प्राचीन दरबारमा रसिया र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ३०० औँ अवसरमा सेन्ट पिटर्सबर्ग हर्मिटेज रङ्गशालाको सहकार्यमा प्रदर्शनीको आयोजना हुन लागेको हो ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०७४