७ जेठ, चितवन । रत्ननगर नगरपालिका प्रमुखमा नेकपा ९एमाले०का नारायण वन विजयी भएका छन । उनले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत पाए । उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ हजार ४८१ मतका साथ विजयी भइन । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नीता ढकालको १२ हजार ७०३ मत आएको निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिइन । रत्ननगरका वडाध्यक्षमा एमालेका तर्फबाट १० र काँग्रेसका तर्फबाट ६ जना निर्वाचित भएका छन् । यसअघि चितवनका राप्ती र कालिका नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा एमालेले जितेको छ भने माडीका प्रमुखमा नेकपा९माओवादी केन्द्र० र उपप्रमुखमा एमाले तथा इच्छाकामना गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा काँग्रेस विजयी भइसकेका छन् । अहिले भरतपुर महानगरपालिका र खैरहनी नगरपालिका मतगणना भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०७४