५ जेठ, नुवाकोट । नुवाकोटको सूर्यगढी गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर घले तामाङले ३ हजार २ सय मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विन्दा ढुंगानाले २ हजार ३ सय ८५ मत प्राप्त गरिन । उपाध्यक्षमा नेपाली कांग्रेसका मन्जु बुढाथोकी ढकालले ३ हजार ३२ मत ल्याएर विजयी भइन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घकुमार लामाले २ हजार ३ सय ७० मत प्राप्त गरे । ५ वटा वडा रहेको सुर्यगढीमा तीन वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा माओवादी केन्द्रका उम्म्दवार वडाअध्यक्षमा विजय भएका छन् । वडा नं. १ को वडा अध्यक्षमा माओवादी केन्द्रका इमानसिंह तामाङ, २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बासुदेव अधिकारी, ३ को अध्यक्षमा नेपाली कांग्रेसका ऋषिबहादुर पौडेल, वडा नं. ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकुमार गिरी र वडा नंं ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका भैरवबहादुर अधिकारी विजयी हुनु भएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४