५ जेठ, बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिकाको प्रमुखमा कांग्रेसका इन्द्रराज पौडेल विजयी भएका छन । उनले ५ हजार ३ सय ५६ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले ५२५० मत प्राप्त गरे । त्यस्तै उपमेयरमा एमालेकी लिला रानाले ४७४० मत प्राप्त गरेर विजयी भइन । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कौशिका विकले ४६४८ मत प्राप्त गरेकी छिन ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४