४ जेठ, गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपक कँडेल विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणनामा कँडेलले माओवादी केन्द्रका गुणराज देवकोटा र नयाँ शक्तिका अशोक देवकोटालाई पराजित गरे । कँडेलले ४ हजार ६९८ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादीका देवकोटाले ४ हजार ४९१ मत पाएका छन् । उपमेयरमा माओवादीकी पम्फा बसेल विजयी भइन् । उनले ४ हजार ४९४ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी चेतकुमारी श्रेष्ठले ४ हजार २१६ मत ल्याएकी छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०७४