४ जेठ, तनहुँ । तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने विजयी भएका छन् । आज सम्पन्न मतगणनामा न्यौपाने ३ हजार ४ सय ६५ को मत अन्तरले ब्यास नगरपालिकाको मेयरमा विजयी भएका हुन् । मेयरमा विजयी न्यौपानेले १३ हजार ५६ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेकपा एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । व्यास नगरपालिकाको उपमेयरमा पनि कांग्रेसकै मिरा जोशी १३ हजार २ सय ६० मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अतिन्द्रकेशरी न्यौपानेले ३ हजार ७० मत मात्र प्राप्त गरिन । १४ वडा रहेको व्यासको ४ नम्बर वडा मात्रै नेकपा एमालेले जितेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०७४