४ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको चालू संसद अधिवशेन आजबाट अन्त्य हुने भएको छ । सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । साथै यही जेठ ८ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । मन्त्रिपरिषदको विहीबार बिहान बसेको बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०७४