३ जेठ, काठमाडौँ । कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा एमालेका जसीप्रसाद पाण्डेले विजयी भएका छन । पाण्डेले २२०५ मत प्राप्त गरेका छन । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाईले १४६१ मत प्राप्त गरेका छन । यस्तैै खाँडाचक्र नगरपालिकाको उपमेयरमा एमालेकै विजया विष्टले १९८७ मत प्राप्त गर्दै विजयी भएकी छिन । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गंगा खड्का बोगटीले १४६४ मत प्राप्त गरिन । खाँडाचक्र नगरपालिकाको जम्मा ११ वडा मध्ये ७ वडामा एमालेको प्यानल विजयी भएको छ २ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा माओवादी केन्द्रले जितेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०७४