३ जेठ, तनहुँ । नेपाली काँग्रेसको गढ मानिने तनहुँको व्यास नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा नेकपा (एमाले) कम विश्व न्यौपाने अत्याधिक मतका साथ विजयी भएका छन । युवा नेता न्यौपानेले कांग्रेसका उम्मेदवारलाई दोव्वर मतले अन्तर पार्दै विजयी भएक हुन । जनतामाझ लोकप्रिय न्यौपानेले ९०३ मत ल्याए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्धि श्रेष्ठले ४५५ मत ल्याएर पराजित भए । कांग्रेसका पुर्व क्षेत्रिय सचिव तथा कांग्रेस नेता न्यौपानेलाई कांग्रेस पार्टीले वडा अध्यक्षमा टिकट एमालेमा प्रवेश गरेका थिए । यतिवेला न्यौपाने अत्याधिक मतका साथ विजय प्राप्त गरेपछि तनहुँ कांग्रेसमा ठुलो तरङ्ग पैदा भएको छ । तनहुँको शदरमुकाम दमौली बजारमा पर्ने व्यास ४ नेपाली कांग्रेसको भोट वैंक हो । तर, यसपटक सो भोट वैंकलाई न्यौपानेले पुर्ण रुपमा ध्वस्त पार्दै एमालेमा परिणत गरेपछि कांग्रेसका नेताहरु टिकट वितरणको विषयमा समिक्षा गरेका छन् । स्थानिय निकायको पहिलो चुनाव ३१ वैशाखमा भएको थियो । सो चुनावको परिणाम मंगलवार राति सार्वजनिक भएको थियो । वडा अध्यक्षमा विजयी भएका न्यौपाने आफुले मात्र अत्याधिक मत ल्याएका छैनन,उनले आफनो समुहलाई नै विजयी बनाउन सफल भएकाछन् । वडा सदस्यमा भने एक दलित महिला कांग्रेस कोटावाट विजयी भएकी छन् । त्यसरी विजयी हुनेमा वडा सदस्यमा एमालेवाटै बसुन्धरा घर्ती, मन बहादुर गुरुङग, पदम श्रेत्रि रहेकाछन् भने दलित सदस्यमा नेपाली कांग्रेसवाट विजयी भएका छन् ।
कांग्रेस पार्टी व्यक्तिवादी भएको र आम समुदायको भावना अनुसार विकाश निर्माणका कार्यलाई अगाडी बढाउन नसक्ने भएपछि विकाश निर्माणका कार्यलाई अगाडी बढाउन र समुदायको चाहना अनुसारको काम गन सक्ने पार्टीको रुपमा नेकपा एमाले वाहेक अर्को पार्टी नरहेको नेता न्यौपाने बताउछन् । मलाई जनताले विश्वास गरेर अत्याधिक मतका साथ विजयी बनाएका छन् त्यसैले जनताको भावना र चाहना अनुसार काम गर्ने वडा अध्यक्ष विश्व न्यौपानेले बताउनुभयो । म विकाश निर्माणको कामलाई प्रथमिकता दिने छु,राजनितिक आस्थाका आधारमा काम गर्ने छैन, यो मेरो विजय मेरो मात्र होईन ४ नम्वर वडाका सवै जनताको हो न्यौपानेले प्रतिक्रिया दिए ।’ विकाश प्रेमी नेता न्यौपाने लगायतको टिमलाई बुधवार (यतिवेला) व्यास ४ वडाको परीक्रमा गरीएको छ । यतिवेला नेता न्यौपाने लगायतको समुह स्थानिय समुदायले मतदान गरेर विजयी बनाएकोमा घर दैलोमा पुगी धन्यवाद दिदै अगाडी बढीरहेकाछन् । आफु वडा अध्यक्षमा विजयी भएपछि दुई वर्षमा वडामा आधुनिक सम्पन्न भौतिक पुर्वाधार निर्माण गर्ने, स्वास्थ्य, शिक्षालाई उच्च प्राथमिकता दिने, नगरलाई स्वच्छ, हराभरा राख्न हरित गृहको कार्यलाई तिव्रता दिने, वडाका सवै शाखा सडक कालोपत्रे गर्ने, फोहर व्यवस्थापनलाई उच्च प्राथमिकता दिने, कालिका मन्दिरको सरक्षण गर्दै पर्यटकीय गतव्य बनाउने, वेरोजगारी समस्या समधान गर्न उद्योग धन्दाको विस्तार गर्ने , प्रत्येक घरमा लघु उद्यमी सृजना गरी आयआर्जनमा बढ्वा दिने र नागरीक–वडा प्रतिनिधि विच मासिक रुपमा विकाश निर्माणका लागि सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्दै अगाडी बढ्ने लगायतका एजेन्डा अगाडी सादै त्यसलाई पुर्ण रुपमा कार्यान्वयन गर्ने वडा अध्यक्षमा निर्वाचित न्यौपानेले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०७४