३ जेठ, काठमाडौं । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णु तामाङ विजयी भएका छन । उनले ८३३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका छिरिङ पाल्जोर लामाले ७७९ मत ल्याए । यस्तै उपाध्यक्षमा विजयी स्वतन्त्र उम्मेदवार पेमा तामाङले ७०४ मत ल्याइन भने प्रतिद्वन्दी माओवादी केन्द्रकी फूलदेवी लामाले ७०० मत ल्याएकीछन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०७४