३ जेठ, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार छत्रबहादुर लामा विजयी भएका छन् । लामा नेकपा एमालेका उम्मेदवार वीरवर तामाङलाई पराजित गर्दै विजयी बनेका हुन् । विजयी लामाले २५६८ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका तामाङले १६६५ मत पाए । उपाध्यक्षमा नेपाली कांग्रेसकी मायादेवी न्यौपानेले जितेकी छन् । २३९४ मतका साथ न्यौपाने विजयी बनेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मेनचुङ तामाङले १८०४ मत ल्याइन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०७४