३ जेठ, काठमाडौं । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार प्रकाश घर्ती अध्यक्षमा विजयी भएका छन । घर्ती ३३१५ मतका साथ विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका दण्डपाणी कंडेलले ९५६ मत पाए । यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दिलकुमारी पुन विजयी भएकी छन् । पुन ३०१५ मत ल्याएर विजयी भएकी हुन् । यहाँका सबै वडाहरू माअोवादी केन्द्रले जितेको छ । यस्तै हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा माअोवादी केन्द्रका धनलाल चाैलागार्इ अध्यक्षमा विजयी भएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०७४