२ जेठ, काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र लम्साल विजयी भएका छन । केहीबेर अघि सम्पन्न मतगणनामा उनी नेकपा एमालेका उम्मेदवार अशोक घिमिरेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन । लम्सालले १ हजार ६ सय ३० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका अशोक घिमिरेले १ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् । १ सय ३८ मतले लम्साल बिजयी भएका हुन् । यस्तै गाउँपालिकाको उपप्रमुखमा नेकपा एमालेकि चमेली गुरुङले १ हजार ८ सय ७८ मत ल्याएर उपप्रमुखमा बिजयी भएकि छिन् । उनका प्रतिद्धन्दी नेपाली काग्रेसकी शेष कुमारी अधिकारीले १ हजार २ सय ८५ मत प्राप्त गरिन् । ५ सय ९३ मतले गुरुङ बिजयी भएकि हुन् । ४ हजार ९ सय ४५ मत गणना गरिएकोमा ७० वटा मत पूर्ण रुपमा बदर भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०७४