२ जेठ, काठमाडौँ । काठमडौँ उपत्यकाभित्रको स्थानीय तह निर्वाचनको पहिलो नजिता एमालेको पक्षमा आएको छ । ललितपुर जिल्लाको महांकाल गाउँपालिकामा एमालेका उम्मेदबार विजयी भएका छन । महांकाल गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका हुन् । उनले २ हजार ८० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमसेन घिमिरेले १ हजार ७ सय २२ मत प्राप्त गरेका छन् । गाउँपालिकाका उपाध्यक्षमा पनि एमालेकै कमला तामाङ विजयी भइन् । उनले २ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला अधिकारीले १ हजार ३ सय ९९ मत प्राप्त गरेकी छन् । महांकाल गाउँपालिकाको ६ वडामध्ये ४ वडामा एमाले उम्मेदवार विजयी भएका छन् भने बाँकी १–१ वडामा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । गोटिखेल, ठूलादुर्लुङ, कालेश्वर र मानिखेलमा एमालेले वडाध्यक्ष जितेको छ भने बुखेलमा माओवादी र चन्दनपुरमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०७४