२ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकाकाे अध्यक्षमा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वली विजयी भएका छन ।निमबहादुरले ३ हजार ६ सय ९४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ प्राप्त गरे । त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी टीका शर्मा ३ हजार ६ सय ९५ मतसहित विजयी भइन् । उनका प्रत्यासी नेकपा एमालेका दलबहादुर केसीले २ हजार ६ सय १९ मत प्राप्त गरे ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०७४