२ जेठ, स्याङजा । स्याङजाको फेदिखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेद्वार घनश्याम सुवेदी विजयी भएका छन । सुवेदीले ३८०६ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेद्वार तारापति सुवेदीले १७६० मत प्राप्त गरेका छन । फेदिखोला गाउँपालिकामा पाँच वटा वडा मध्येमा वडा न ३ मा नेपाली कांग्रेसले जितेको छ भने अरु चार वटा वडा एमालको प्यानलनै विजयी भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०७४