२९ वैशाख, काठमाडौँ ब्राजिलमा जिका भाइरसको संक्रमणको आपतकालीन अवस्था अन्त्य भएको घोषणा गरिएको छ । जिका भाइरस संक्रमणको दर निकै घटेको भन्दै स्थानीय अधिकारीले आपतकालीन अवस्था अन्त्य भएको घोषणा गरेको बिबिसीले जनाएको छ । गएको जनवरीदेखि अप्रिलसम्मको तथ्यांक अनुसार संक्रमण दर गत वर्षको यहि समयको तुलनामा ९५ प्रतिशतले घटेको छ । गएको चार महिनामा त्यहाँ जिका भाइरसका झण्डै ८ हजार संक्रमित भेटिएको छन् भने गत वर्ष सोही अवधिमा १ लाख ७० हजारभन्दा धेरै संक्रमित भएका थिए । जिका भाइरसबाट यो वर्ष भने अहिलेसम्म कसैको ज्यान नगएको ब्राजिलका अधिकारीले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०७४