२७ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरुसहितको टोलीले दोलखामा एमाले उम्मेदवारका छोराको हत्या गरेका छन । मंगलबार राति ९ बजे गौरीशंकर गाउँपालिकाको वडा नं. २ जुगुमा निलकण्ठेश्वर माविको प्रांगणमा गौरशंकर गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार रहेका गोरे तामाङका छोरा कुलबहादुर तमाङको माओवादी नेताहरुको टोलीले कुटीकुटी हत्या गरेको प्रत्यक्षदर्शी समेत रहेका पत्रकार गणेश बस्नेतले घटनास्थलबाट जानकारी दिए । उनले माओवादी नेतृ देवी खड्का नेता विशाल खड्काको नेतृत्वमा रहेको टोलीले कुलबहादुरको हत्या गरे । घटनाका अर्का प्रत्यक्षदर्शी सांसद पार्वत गुरुङले देवी खड्काले १७ राउण्ड गोली चलाएर एमाले कार्यकर्ता बसेको सेल्टरमा आक्रमण गरेको बताए ।

उनले भने ‘चुनावी प्रचार सकाएर आराम गरिरहेका हाम्रा कार्यकर्ता बसेको सेल्टरमा चारैतिरबाट घेरा हालेर आक्रमण गरे, कुलबहादुरलाई घिसार्दै विद्यालयको आँगनमा लगेर कुटपिट गरे त्यसपछि स्कुल मुनी फालिदिए ।’ उनले एकदमै दुःखत घट्ना घटेको भन्दै सशस्त्रद्धन्द्धको जस्तो जंगली व्यवहार देखाएर माओवादीले एमाले कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने काम जारी राखेको भन्दै प्रहरी प्रशासन समेत मुकदर्शक बनेको आरोप लगाए । उनले घटनामा देवी खड्का र विशाल खड्काको अलवा ढालबहादुर खड्का, बसन्त कार्की, विर्खबहादुर खड्का, दलबहादुर कार्की, बलराम खड्का, रोशन कार्की समेत प्रत्यक्ष संलग्न रहेको आरोप लगाउँदै प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेको बताए । सांसद गुरुङले घटनामा गम्भीर घाइते दिलबहादुर बुढाथोकीलाई थप उपचारका लागि काठमाडौँ पठाएको बताए । घटना मंगलबारराति ९ बजे भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०७४