२६ वैशाख, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चतामा सबैको ध्यान जानुपर्ने बताएकी छिन । उनले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्ने दिशामा सबै पक्षले ध्यान दिनुपर्ने बताइन । कानुन दिवसका अवसरमा शुभकामना दिँदै कार्कीले नागरिकका संवैधानिक एवम् कानुनी हक अधिकारको सच्चा पहरेदारका रुपमा रहेको स्वतन्त्रता न्यायपालिकाको आधारस्तम्भ भएको बताइन । कानुनको शासन एवम् स्वतन्त्र न्यायपालिका स्थापनाका लागि जारी भएको प्रधान न्यायलय ऐन, २००८ लागू भएको दिनको सम्झनास्वरुप मनाउने दिवसले कानुनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवम् राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने विश्वास कार्कीको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०७४