२४ वैशाख, धादिङ । धादिङमा आचरण विपरित गतिविध गरेको आरोपमा प्रहरी हवल्दार सहित ७ प्रहरी निलम्बित भएका छन । मध्यक्षेत्रिय प्रहरी प्रमुख डिआईजी गणेश केसी निरीक्षणमा गएका बेला होहल्ला गरेको देखेपछि उनीहरुलाई निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । स्थानीय निर्वाचनमा सुरक्षार्थ हेटौंडा स्थित रातामाटे गणवाट आएका ती प्रहरीले मदिरासेवन गरी होहल्ला गरेको पुष्टि भएपछि थप अनुसन्धानका लागि आइतबार निलम्वन गरिएको हो । निर्वाचन सुरक्षार्थ जिल्लामा ५ सय प्रहरी बाहिरि जिल्लाबाट ल्याइएको छ । उनीहरुलाई सदरमुकामस्थित मिनीकभर्ड हलमा बस्ने व्यवस्था मिलाईएको छ । सोहि स्थानमा ती प्रहरीले दैनिक मदिरा सेवन गरि हो हल्ला गर्ने गरेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०७४