२४ वैशाख, काठमाडौँ । फ्रान्समा आज नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदानबाट चुनिएका इम्यानुएल म्याक्रकोन र मरिन लि पेन नयाँ राष्ट्रपति बन्नका लागि चुनावी मैदानमा छन् । विभिन्न मतसर्वेक्षणले ३९ वर्षका पूर्व इनभेस्टमेन्ट बैंकर म्याक्रोन दक्षिण पन्थी नेतृ ली पेन भन्दा अघि रहेको देखाएका छन् । चुनावी अभियानका क्रममा उम्मेद्वारले एकअर्काकामाथि आरोप प्रत्यारोप गरेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०७४