२३ बैशाख, काठमाडौं । संघीय गठवन्धनका अध्यक्ष उपेन्द्र यादव बर्खास्त भएका छन । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट बर्खास्त गरी महन्थ ठाकुरलाई अध्यक्षको जिम्मेबारी दिइएको छ । ठाकुर राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक हुन । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ । राजपा नेपालको कार्यालयमा बसेको बैठकले आफ्ना मुद्दाहरुलाई निष्कर्षमा पुर्याउन र संघर्षका कार्यक्रम अगाडि बढाउन भन्दै महन्थ ठाकुरलाई संयोजक चयन गरिएको जनाइएको छ । बैठकले तत्काल संविधान संशोधन गरेर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०७४