२१ वैशाख, काठमाडौँ । सोमालियामा सेनाको गोलीबाट एक मन्त्रीको ज्यान गएको छ । सोमालियाका सबैभन्दा कान्छा मन्त्री अब्दुल्लाही शेख अब्बासको सरकारी सेनाले चलाएको गोली लागेर ज्यान गएको हो । राजधानी मोगादिसु नजिक आफ्नै गाडीमा रहेका अब्बासमाथि सेनाले भूलबस गोली चलाएको बताएको छ । सेनाले इस्लामिक लडाकु भएको आशंकामा गोलि चलाएको दावि गरेको छ । ३१ वर्षका अब्बास गएको नोभेम्बरमा सांसद हुँदै फेब्रुअरीमा मन्त्री बनेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०७४