२० वैशाख, काठमाडौँ । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेका उम्मेदबारहरु प्रमुख, वडा अध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । गाउँपालिकामा नौ वटा वडा रहेका छन् । गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । यस्तै बुद्ध गाउँपालिकामा एमालेका लंकवहादुर रोकाय पनि निर्विरोध भएका छन । २१ वडामा पनि एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०७४