१९ वैशाख, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस भएको छ । मंगलबार बसेको संबैधानिक परिषद्को बैठकले आयोगको रिक्त प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस गरेको हो । उनी अहिले कार्यबाहक प्रमुख आयुक्त रहेका छन । आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि पद रिक्त थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०७४