१९ वैशाख, काठमाडौँ । उदयपुरको उदयपुर गाउँपालिकामा रहेको सिरवानीमा ६ सकेट बम फेला परेको छ । स्थानीय गणेश गिरीको घर नजिक ६ वटा सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरञ्जिवी कोइरालाले जानकारी दिए । गिरीले भैँसी बाँध्ने कटेरा बनाउने क्रममा जमिन खन्दा सोमबार उक्त सकेट बम फेला परेको डिएसपी कोइरालाले जानकारी दिए । सोमबार दिउँसो ३ बजे नै बम फेला परे पनि मंगलबार साँझसम्म डिस्पोजल भएको छैन । बम फेला परेको खबरसँगै प्रहरी चौकी रिस्कुबाट गएको प्रहरीले सुरक्षा दिएर राखेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०७४