१९ वैशाख, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तनहुँमा चुनावी तालमेल गरेका छन । उम्मेदवारी दर्ता अघि तालमेलको सहमतिमा पत्रमा दुबै पार्टीका नेताहरुले हस्ताक्षर गरेकाछन । सहमतिमा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका तनहुँ इन्चार्ज प्रतापलाल श्रेष्ठ र जिल्ला अध्यक्ष केदार सिग्देल तथा माओवादी केन्द्रका जिल्ला इन्जार्ज हरिबहादुर चुमान र जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपानेले हस्ताक्षर गरेका छन । सहमति अनुसार एमालेले व्यास, भानु र भिमाद नगरपालिका तथा म्याग्दे, देवघाट, रिसिगं र घिरिगं गाउँपालिकामा प्रमुख र भिमाद नगरपालिका, देवघाट, बन्दिपुर, आंबु र घिरिगमा उपप्रमुखमा उम्मेदवारी दिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले बन्दिपुर र अबखैरनी नगरपालिकाको प्रमुख ब्यास र भानु नगरपालिकाको उपप्रमुख तथा म्याग्दे र रिसिंग गाउँपालिकाको उपप्रमुखमा उम्मेदबारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०७४