१९ वैशाख, काठमाडौँ । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि आज प्रदेश नं. ३, ४ र ६ मा उम्मेदवारी दर्ताका काम जारी रहेको छ । देशका चारवटै महानगरपालिकाको मेयर र उपमेयरमा प्रमुख दलहरुलाई उम्मेदवार टुंग्याउन कठिन भएको थियो । एमालेले त यो समाचार तयार पर्दासम्म काठमाडौँको मेयर र उपमेयरको टुंगो लगाउन सकेको छैन काठमाडौं महानगर पालिकामा सबैभन्दा पहिले राप्रपाले उम्मेदवारी दर्ता गराएको छ ।

उम्मेदवारी दर्ता सुरु भए लगत्तै वडा अध्यक्ष र सदस्यमा राप्रपा र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । ठूला पार्टीहरुले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यमा अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छैनन् । यसैबीच काठमाडौँ महानगरपालिकाको मेयरमा साझा पार्टीका नेता किशोर थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । मेयरमा उम्मेदवारी दर्ता गराउने उनी पहिलो उम्मेदवार देखिएका छन । त्यस्तै विवेकशील पार्टीकी रञ्जु दर्शनाले पनि मेयरमा उम्मेदवारी दर्ता गराएकी छिन ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०७४