१८ वैशाख, काठमाडौँ । नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारमा माले सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन । सामाजिक सञ्जालमा मैनली स्वयंले नै वर्तमान सरकारमा उपप्रधानमन्त्रीको जिम्मेबारी लिएर जाँदै गरेको भन्ने चर्चा असत्य र भ्रामक रहेको भन्दै उनले यस्तो एकपछि अर्को राष्ट्रघाती कदम चाल्ने सरकारको पक्षमा माले कहिल्यै नलाग्ने स्पष्ट पारे । उनले सामाजिक सञ्जालमा फैलिएका गलत हल्लाको पछि नलाग्न सबैसँग आग्रह गरेका छन । आजको न्युजसँग कुरा गर्दै उनले आइतबार सत्तारुढ दुई दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा नेकपा माले रहेको बताए । आफू विपक्षी गठबन्धनमै रहेको भन्दै उनले अफवाहको पछि नलाग्न पनि आग्रह गरेका छन ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४