१८ वैशाख, काठमाडौँ । ग्लोबल पोलिसी फोरम फर नेपालले प्रधानन्यायाधीश सुशीला कार्की माथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । सोमबार विज्ञप्ति मार्फत उसले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अलोकतान्त्रिक र गैरसंवैधानिक भएको बताएको छ । फोरमका तर्फबाट प्राध्यापक कटक मल्लले स्वीडेनको स्डकहोल्मबाट विज्ञप्ति जारी गर्दै कांग्रेस–माओवादी सांसदले बदनियतपूर्ण तवरले महाअभियोग दर्ता गरेको जनाएका छन । उनले भनेका छन । स्वतन्त्र न्यायपालिका माथि आक्रमण गर्ने सरकारको कदमले सरकार स्वयंको बैधानिकतामा प्रश्न चिन्ह खडा भएको छ, विज्ञप्तिमा उल्लेख छ । मल्लले स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा कार्यपालिका र न्यायपालिकाबीच सिर्जना गरिएको कृत्रिम विवादले मुलुकलाई अझै गहिरो संकटतर्फ धकेलिरहेको भन्दै संयमता अपनाउन सरोकारवाला सबैमा आग्रह गरेका छन ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४