१७ वैशाख, काठमाडौँ । पूर्व महान्याधिवक्ता युवराज संग्रौलाले सुशीला कार्की अहिले निलम्बनमा नपर्ने बताएका छन । कांग्रेस–माओवादीका सांसदले संसद सचिवालयमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीका विरुद्धमा महाअभियोग दर्ता भएपछि आजको न्युजलाई प्रतिक्रिया दिँदै पूर्व महान्याधिवक्ता संग्रौलाले कार्कीलाई तत्काल काम गर्न कुनै बाधा नपर्ने बताए । उनले भने कार्कीलाई महाअभियोग समितिले मात्र निलम्बन गर्न सक्ने बताए । उनले समितिले कारबाही प्रक्रिया अघि नबढाउँदा सम्म कार्कीले नियमित कार्यसम्पादन गर्न सक्ने बताए । संविधानको धारा १०१ को उपधारा ६ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि नटुंगिएसम्म आरोपित पदाधिकारीले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४