१७ वैशाख, काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आइतबार सार्वजनिक गर्दैछ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार दिउसो पत्रकार सम्मेलन गरेर एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एमालेको शनिबार बसेको स्थायी समिति बैठकले स्थानीय चुनावलाई लक्षित गरि तयार पारेको घोषणापत्र पारित गरेको हो ।
स्थानीय तहका काम, कर्तव्य अधिकार सम्पादन गर्नेगरीको स्थानीय तह बनाउनुपर्ने, नयाँ संविधानको जगमा सबल राज्य बनाउने कार्यभार पूरा गर्न सामाजिक समानता र न्याय सहित आर्थिक सम्बृद्धिमा जोड दिने कुरालाई प्राथमिकतामा राखेर घोषणापत्र तयार एमाले नेता शंकर पोखरेलले जानकारी दिनुभयो ।
घोषणापत्रले समाजवाद उन्मुख अर्थतन्त्रलाई जोडदिइएको तयार समितिका संयोजक बामदेव गौतमले जानकारी दिनुभयो । उहाँले नेपालीको न्युनतम बार्षिक आए २ हजार डलर पुरयाउने गरि घोषणापत्रले योजना बनाएको समेत जानकारी दिनुभयो । गौतमका अनुसार एमालेको घोषणापत्रले गाउ गाउमा स्याटेलाइट सहर र प्रत्यक गाउपालिकामा ६ लेनको राजमार्गले छुने अवधारणा समेत समेटेको छ । यस्तै प्रत्यक वाड तहमा कम्तिामा १० सैयाको अस्पताल निर्माणको कार्य पनि घोषणा पत्रले समवेश गरेको छ ।
एमालेले आइतवारै पहिलो चरण अन्र्तगत निर्वाचन हुने महानगरपालिका, उपमहानगरपालिका, नगारपाललिका र गाउपालिकाका उम्मेदवारको टुङ्गो पनि लगाउने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४